Information is intelligence
HomeAgricultureखोटेहाङले बाँड्यो किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर

खोटेहाङले बाँड्यो किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर

- Advertisement -spot_img

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रमअन्तर्गतको बजेट तथा कार्यक्रमबाट ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले किसान तथा कृषक समूहलाई ११ वटा हाते ट्रयाक्टर उपलब्ध गराएको हो ।

कृषि पेसालाई यान्त्रिकीकरण गर्दै व्यावसायिकीकरण गर्ने लक्ष्यसाथ खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखास्थित हरियाली कृषक समूह, वडा नम्बर ८ सिमपानीस्थित बगैँचा बहुउद्देश्यीय कृषक समूह, वडा नम्बर ८ सिमपानीस्थित खतिवडा बहुउद्देश्यीय कृषि फार्म, वडा नम्बर ८ कै सिमपानीस्थित शुभलक्ष्मी कृषक समूह, वडा नम्बर १ लिकुवापोखरीस्थित बंछाल कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरिएको छ ।

यस्तै, वडा नम्बर ८ सिमपानीस्थित बर्रे प्रगतिशील कृषक समूह, वडा नम्बर ६ इन्द्रेणीपोखरीस्थित दशमी कृषक समूह र वडा नम्बर ६ कै इन्द्रेणीपोखरीस्थित गोदावरी कृषक समूहलाई १–१ थान हाते ट्रयाक्टर प्रदान गरिएको हो ।

वडा नम्बर १ लिकुवापोखरीस्थित पदमबहादुर न्यौपानेसहित ५ कृषकको समूह, वडा नम्बर ८ सिमपानीस्थित प्रल्हाद अधिकारीसहितको ५ जनाको समूह र वडा नम्बर ७ खोटाङबजारस्थित उमेश भट्टराईसहित ५ जनाको समूहलाई १-१ थान हाते ट्रयाक्टर वितरण गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक ममिता खवासले बताइन् ।

हाते ट्रयाक्टर गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राईलगायतले किसानलाई हस्तान्तरण गरेका थिए । किसानलाई अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराउनका लागि गाउँपालिकाले १५ दिने सूचना आह्वान गरेको थियो ।

सूचना आह्वानपछि परेको निवेदनका आधारमा ११ किसान र कृषक समूहलाई हाते ट्रयाक्टर बाँडिएको हो । किसानलाई जमिन जोत्ने हाते ट्रयाक्टर वितरणका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष ७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।

हाते ट्रयाक्टरमा किसानले २५ प्रतिशत बेहोरेको कृषि शाखा संयोजक खवासले जानकारी दिइन् । पछिल्लो समय जमिन खनजोतका
लागि किसान हाते ट्रयाक्टरप्रति आकर्षित हुन थालेका छन् । गोरु नारेर हलोले जोतिने कतिपय खेतबारीमा हाल हाते ट्रयाक्टर गुडाउन थालिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु