Information is intelligence
HomeInternational१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेता न्याहु

१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेता न्याहु

- Advertisement -spot_img

इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन् ।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् ।

संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतान्याहुका पक्षमा ५९ मत परेका थिए । तर ७१ वर्षीय नेतान्याहुले आफू छिट्टै सत्तामा फर्किने दाबी गरेका छन्। नेतान्याहु सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एउटा युगको अन्त्य भनेका छन् । यसबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै अमेरिकी सरकार इजरायलको नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

विपक्षी दलबीच भएको सहमतिअनुसार बेनेटले २ वर्षपछि पद छाड्नुपर्नेछ। र, त्यसपछि अर्का नेता याइर लापिड प्रधानमन्त्री बन्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु