Information is intelligence
HomeNewsभूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

- Advertisement -spot_img

रुकुम पूर्व – मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । भूमे गाउँपालिकासहित सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, सबै सेवा केन्द्र, विद्यालय, बैंक तथा वित्तिय संस्थामा बिदा हुनेछ ।

पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गाउँपालिका अध्यक्ष रामसुर बुढाले आग्रह गर्नुभएको छ । एक महिनासम्म मनाइने भूम्या पर्व कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सीमित विधिसहित नाचगान गरी मनाइँदैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु