Information is intelligence
HomeInternationalअयोध्यामा राम मन्दिरको जग्गा खरिदमा भ्रष्टाचारको आरोप

अयोध्यामा राम मन्दिरको जग्गा खरिदमा भ्रष्टाचारको आरोप

- Advertisement -spot_img

भारत– भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि खरिद गरिएको जमिनमा ठूलो भ्रष्टाचार भएको आरोप लागेको छ ।

समाजवादी पार्टीका नेता तथा पूर्व विधायक तेजनारायण पाण्डेयले दुई करोड मूल्यमा बैना गरिएको जमिन केही मिनेटमै १८.५ करोडमा किनिएको आरोप लगाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

राम जन्मभूमि ट्रस्टका सचिव चपत राय ने यो आरोपलाई अस्वीकार गरेका छन् । र आरोप राजनीतिकबाट प्रेरित रहेको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले उक्त जमिन बजार मूल्य भन्दा निकै कम मूल्यमा खरिद गरेको दाबी गरेका छन् ।

आइतबार समाजवादी पार्टीका नेता पाण्डेयले अयोध्यामा प्रेस कन्फरेन्स राख्दै जुन दिन दुई करोड मूल्य राखेर जमिनको बैना गरिएको हो सोही दिन सम्झौता भने १८.५ करोडमा गरिएको दाबी गरेका छन् ।

‘१८ मार्च ३०२१को करिब १० मिनेट पहिला बैना भयो र फेरि सम्झौता। जुन जमिनलाई दुई करोड रुपैयाँमा किनियो सोही जमिनलाई १० मिनेटपछि १८.५ करोडमा सम्झौता किन भयो?’ उनले प्रश्न गरेका छन् ।

राम मन्दिरको नाममा जमिन किन्ने बाहनामा रामभक्तमाथि ठगी गरिएको उनको आरोप छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु