Information is intelligence
HomeSportsयुरोकपमा आज ३ खेल

युरोकपमा आज ३ खेल

- Advertisement -spot_img

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछ  ।

युरोकपमा आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछ ।

सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु