Information is intelligence
HomeNewsजनमोर्चा सांसद कृष्ण थापाविरुद्धको मुद्दा विश्वम्भर र कुमारको संयुक्त इजलासमा

जनमोर्चा सांसद कृष्ण थापाविरुद्धको मुद्दा विश्वम्भर र कुमारको संयुक्त इजलासमा

- Advertisement -spot_img

काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापाविरुद्धको मुद्दा पेशीमा चढेको छ ।

सांसद थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै परेका तीन वटा भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। इजलासको तेस्रो नम्बरमा पेशीमा चढेको हो ।

थापाविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकीका सभामुख र गण्डकी प्रदेशसभा सचिवालयले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो ।

जेठ २७ गते नै निवेदन पेशीमा चढे पनि सुनुवाइको पालो आएन ।  गण्डकीको सत्ता समीकरणको कसरत चलिरहँदा थापा जेठ २० गते कारवाहीमा परेर पदमुक्त भएका थिए। प्रक्रिया मिचिएको भन्दै सर्वोच्चले २२ जेठमा पुनर्वहाली गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय