Information is intelligence
HomeEconomyलाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल व्यवसायीहरु संकटमा

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल व्यवसायीहरु संकटमा

- Advertisement -spot_img

रसुवा- रसुवा,नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका संचालित होटल व्यवसायीहरु संकटमा परेका छन् ।

बिशेषगरी लामटाङ तथा गोसाँईकुण्ड पदमार्ग सन्चालित होटलहरु कोरोना भाइरस संक्रमण जोखिम सँगै पर्यटक आगमन बन्द भए पछि ठुलो संख्यामा व्यवसायिक संकटमा परेका हुन् ।

सिजन शुरु भएसँगै पर्यटन व्यवसाय बाट नै जिविको पार्जन गर्दै आएका होटल व्यवसायीहरु बर्षका दुवै सिजनमा पर्यटक आगमन शुन्य भएपछि राज्यलाई राजश्व तीर्न सक्ने अबस्था समेत नरहेको गोसाईकुण्ड पदमार्गको चोलाङपाटीका होटल सञ्चालक सेरफ साङ्बो तामाङ बताउँछन् ।

अघिल्ला वर्षहरुमा पर्यटकीय सिजन शुरु भए सँगै सदरमुकाम धुन्चे गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गमा बिदेशी पर्यटकहरुको सामन्य चहल पहल देखिए पनि अहिले अधिकांश होटलहरु खाली छन् ।

पर्यटक आगमन हुने मुख्य सिजनका बेला कोभिड–१९ को त्रासले आगमन शुन्य भएपछि होटल व्यवसायीहरु प्रत्यक्ष मारमा परेको व्यवसायी बताउँछन्  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु