Information is intelligence
HomeNewsकञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

- Advertisement -spot_img

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार दोधारा चाँदनी नगरपालिका–८ का ४९ वर्षीय दुर्गा बहादुर थापालाई खेतमा धान रोपिरहेको बेला करेत सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारको लागि महाकाली अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको  प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु