Information is intelligence
HomeNews२४ घण्टामा ५ हजार १४७ जना संक्रमण मुक्त

२४ घण्टामा ५ हजार १४७ जना संक्रमण मुक्त

- Advertisement -spot_img

नेपालमा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । जसमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ । यता पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु