Information is intelligence
HomeSportsनयाँ दिन, नयाँ कीर्तिमान : क्रिस्टियानो रोनाल्डो

नयाँ दिन, नयाँ कीर्तिमान : क्रिस्टियानो रोनाल्डो

- Advertisement -spot_img

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गए राति केही नयाँ कीर्तिमानहरु रचेका छन्। चालू युरोकपको मंगलबार पुस्कार एरिना रंगशालामा हंगेरीविरुद्ध मैदानमा उत्रेलगत्तै रोनाल्डो लगातार पाँच युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २००४ मा आफ्नै देशमा आयोजना भएको युरोकपमा रोनाल्डोले पहिलोपटक सहभागिता जनाएका थिए । त्यसवेला प्ले मेकर लुइस फिगोको कप्तानीमा रहेको पोर्चुगल फाइनलमा ग्रिससँग पराजित भएको थियो । 

त्यसपछि रोनाल्डो युरोकपमा सहभागी हुँदै आइरहेका छन् । रोनाल्डोकै कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो । पोर्चुगलले पहिलोपटक युरोकप उपाधि उचाल्दा फ्रान्स फाइनलमा पराजित भएको थियो । रोनाल्डोले अहिलेसम्म २१ खेल खेलेका छन् ।

रोनाल्डो र नयाँ कीर्तिमानको सम्बन्ध पछिल्लो समयमा निकट हुँदै आएको छ। विश्वकै उत्कृष्ट मध्येका एक खेलाडी रोनाल्डोले राष्ट्र तथा क्लब दुवैको लागि विगत १९ वर्ष देखि लगातार शानदार फुटबल खेल्दै आएका छन्।

त्यस्तै हंगेरीविरुद्ध गोल गरेर रोनाल्डोले अर्को महत्वपूर्ण कीर्तिमान रचे। ८७औं मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टीले जाली चुम्दा उनी युरो कपकै सर्वाधिक गोल कर्ता बन्न पुगे। सन् १९८४ मा फ्रान्सका सुपरस्टार खेलाडी ‘मिचेल प्लेटिनी’ले रचेका कीर्तिमान रोनाल्डोले ३७ वर्ष पछि तोडेका छन्। प्लेटिनीले सन् १९८४ को युरो कपमा ९ गोल गरेका थिए जसमा दुई ह्याट्रिकहरु सम्मिलित थिए।

रोनाल्डोले गए राति गरेको पहिलो गोलले नै उनलाई प्लेटिनी भन्दा माथि लिएर गयो। तर उनी त्यतिमा मात्रै सन्तुष्ट कहाँ हुन्थे र? उनले खेलको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे। उनले शानदार ‘फुटवर्क’ देखाउँदै सरल तर सुन्दर गोल गर्दा युरो कपमा आफ्नो गोल संख्या ११ पुर्याएका छन्।

 रोनाल्डोले युरोकपमा एक हजार सात सय ९५ मिनेट मैदानमा बिताएका छन् । उनले विपक्षीको पोस्टमा एक सय २२ पटक गोलका लागि प्रयास गरेका छन् । 

सन् २००८ मा क्वार्टरफाइनल तथा सन् २०१२ मा पोर्चुगल सेमिफाइनलमा पुगेको थियो । रोनाल्डोले अहिलेसम्म राष्ट्रिय टोलीबाट एक सय ७५ खेल खेलिसकेका छन् । उनी विश्व फुटबलकै दोस्रो धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म एक सय चार गोल गरेका छन् । 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय