Information is intelligence
HomeSportsजर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

- Advertisement -spot_img

यूरो कप अन्तर्गत गएराति भएको दोश्रो खेलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको छ।

समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो। जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न पर्याप्त बन्यो । खेलको २० औं मिनेटमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो।

यो जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहकै पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय