Information is intelligence
HomeBreaking Newsमेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबायो

मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबायो

- Advertisement -spot_img

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको ३ तले भवनमा २ तलासम्म पूरा डुबाएको छ ।

रेडियोको सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख हाराहारी क्षति भएको स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । रेडियोको सम्पूर्ण डकुमेन्ट, उपकरण, ल्यापटप लगायतका सामग्री बाढीले बगाएको छ ।

दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको सुवेदीले जानकारी दिनुभयो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु