Information is intelligence
HomeLiteratureदस मुक्तक

दस मुक्तक

- Advertisement -spot_img

लुटेरालाई मात्रै मिल्छ चन्दा धेरै ।
अब गर्न छोड्दे प्रेमको धन्दा धेरै।
धोका त मिलिसक्यो होला नि,
के चाहन्छस् अरू योभन्दा धेरै ?

संसारमा भ्रम छ टन्न ,सकिदैन ।
सबै कुराको ज्ञाता बन्न सकिदैन ।
काँडाले घोच्छ विश्वास गर तिमी ,
फूलको बारेमा केही भन्न सकिदैन ।

घ्यु बोकेर गएथे चिनी बोकेर आए टिन पनि ।
ओशो फर्किए, फर्केर आयो नसरुद्दिन पनि ।
एकछिनमा आउँछु भनेर जानेलाई सोध्नु छ,
जिन्दगीभन्दा लामो हुन्छ र एकछिन पनि ?

सम्बन्धको भित्री घेरा कुरुप नबनाइदेऊ।
निर्दोष प्रेमको चेहेरा कुरुप नबनाइदेऊ।
फेर्दै हिंड्न सक्छौ,जाऊ तर जाने नाममा,
ह्याङ्गर उप्काएर डेरा कुरुप नबनाइदेऊ।

होला रोक्ने लक्ष्मण भएनन् घेरो भएन।
सिते! हाँस्दै लङ्का जाँदा अफ्ठेरो भएन?
घरबेटीको चल्ती कोठाजस्तो तिम्रो मन,
आखिर जति सजाए पनि मेरो भएन ।

तिम्रो तिरको निशानामा हजारचोटी रहन मन लाग्छ।
मानौं  तिमी  चन्दन  नै  हौ घोटिरहन मन लाग्छ।
तिम्रो प्रेमबाट बसेको एउटा आदत मन पर्दैन मलाई,
दुखेको घाउमा पनि बारबार चिमोटिरहन मन लाग्छ।

बस्छौ काँडै काँडाको घेरामा बिझाउछ होला।
कसरी आऊँ दिलको डेरामा बिझाउछ होला।
फूलजस्तै तिमीलाई सुरक्षा दिन्छ काँडाले,
म जन्मिएँ कुरुप चेहेरामा  बिझाउछ होला।

हामी हामी भएनौ म म-नै भयौँ ।
हिजो जो-जस्ता थियौँ उस्तै भयौँ ।
म तिम्रो दिलमा बसेँ तिमी मेरो दिलमा,
यसरी पनि हामी एक्ला एक्लै भयौँ।

छैन दिलमा हलचल,कि गयौ तिमी पनि?
थियौ होला एकपलकी गयौ तिमी पनि ।
कच्ची सडकमा हिँडेको मालवाहक ट्रकजस्तै,
क्या!मजाले ढल्कीढल्की गयौ तिमी पनि ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय