Information is intelligence
HomeSportsरामोसले रियल मड्रिड छाडे

रामोसले रियल मड्रिड छाडे

- Advertisement -spot_img

 रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् ।

रियलले बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको विदाई गर्ने जनाएको छ ।

स्पेनिस सेन्टर ब्याक रामोसको क्लबसँगको समझौता यहिँ जुनको अन्त्यसँगै सकिदैछ । ३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष बसेर रियल छाडेका हुन् । सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।

रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु