Information is intelligence
HomeSportsइटाली युरोकपको नकआउट चरणमा

इटाली युरोकपको नकआउट चरणमा

- Advertisement -spot_img

 इटाली युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

यस जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । यससँगै समूह ‘ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु