Information is intelligence
HomePoliticsप्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न पूर्वराजाको आग्रह

प्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न पूर्वराजाको आग्रह

- Advertisement -spot_img

पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर भइरहेको बाढी, पहिरो, नदी कटान लगायतका प्राकृतिक विपद्प्रति दुःख व्यक्त गरेका छन् । उनले ग्रामीण र शहरी बस्तीका बासिन्दाको उठिवास भएको खवर सुन्दा दुःखी तुल्याएको भन्दै यतातर्फ गम्भीर भएर लाग्न सरकारलाई अपील गरेका छन् ।

बिहीबार बिहानै प्रेस नोट जारी गर्दै पूर्वराजाले मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा के के हुने हो भन्दै सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनले प्राकृतिक विपद् सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जाने देखिएको बताएका छन् ।

पूर्वराजा शाहले अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस् भनी आग्रहसमेत गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु