Information is intelligence
HomeBreaking Newsशरीरमा निलडाम भएको अवस्थामा एक युवकको शव फेला

शरीरमा निलडाम भएको अवस्थामा एक युवकको शव फेला

- Advertisement -spot_img

बारामा एका बिहानै शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । विश्रामपुर गाउँपालिकाको बाटो छेउमा शव विश्रामपुर-२ बस्ने २६ वर्षीय भादो बैठाको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले लोकपथलाई बताए ।

‘मृतक बैठाको शरीरमा निलडाम नै निलडाम रहेको र घटना अन्तै कतै भएको र शव याहाँ ल्याएर फालेको हुनसक्ने उनले बताए । बाटोमै शव भेटिएको छ । शरीरमा निलडाम नै निलडाम छ ।’ डीएसपी मिश्रले बताए ।

बरैनिया बजार जाने बाटोको छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘

हत्या भएको हो कि भन्ने आशङ्का छ घटनाबारे थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरको टोली महोत्तरीबाट मगाएका छौं ।’ डीएसपी मिश्रले बताए ।

घटनास्थलको अनुसन्धान सकिएपछि शव पोष्टमार्टमका लागि पठाउने उनले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु