Information is intelligence
HomeNewsअरुण नदीमा टिपर खस्दा सहचालकको ज्यान गयो, चालक घाइते

अरुण नदीमा टिपर खस्दा सहचालकको ज्यान गयो, चालक घाइते

- Advertisement -spot_img

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस गृह पुखुवामा टिपर अनियन्त्रित भइ अरुण नदीमा खस्दा सहचालकको ज्यान गएको छ । चालक घाइते भएका छन्। दुर्घटनामा परि धनकुटा नगरपालिका घर भएका २२ वर्षीय दिपेन्द्र भट्टराईको घटनास्थलमै ज्यान गएको हाे ।

गएराति करिब १० बजेतिर अरुण तेस्रोको पावर हाउस गृहमा काम गर्दै आएकाे पाथीभरा कन्ट्रक्सनको को बा ५ ख १४० नम्बरको टिपर ढुङ्गा झार्ने क्रममा पछाडि ब्याक सर्दा अनियन्त्रित भइ करिब तीन सय मिटर तल अरुण नदीको किनारमा खसेकाे हाे ।

टिपर चालक काभ्रेपलाञ्चाेक भकुन्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठको टाउकोमा सामान्य चोट लागेकाे छ भने बायाँ हात भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले जानकारी दिनुभयो ।

उहाँको अनुसार मृतकको पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । अहिले घाइते चालकको प्राथमिक उपचारपछि जिल्ला अस्पताल खाँदबारी ल्याइ उपचार भइरहेको छ । घटनाको बारेमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत्त आयोजनाको काम भारतीय सजलज एसजेभिएन कम्पनीले गरिरहेको छ ।

चिचिला गाउँपालिका–३ पुखुवामा पावर हाउस गृह निर्माणको काम पटेल इञ्जिनियरिङ्ग कम्पनीले गरिरहेको छ भने मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइड निर्माणकाे काम जेपी एसोसियट कम्पनीले गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु