Information is intelligence
HomeBreaking Newsविश्व बैंकद्वारा नेपाललाई १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत

विश्व बैंकद्वारा नेपाललाई १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत

- Advertisement -spot_img

विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशहरुको बैठकले उक्त ऋण सहायता स्वीकृत गरेको हो ।

सहायता रकम कोरोनाबाट नेपालको अर्थतन्त्रमा परेको असरलाई कम गर्दै दिगो वृद्धिदरमा सहयोग पुर्याउन उपलब्ध गराइएङ्को विश्व बैंकले जनाएको छ ।


यो सहायताले नेपालको कर तथा भन्सार प्रणाली सुदृणीकरण ऋण ब्यवस्थापन र सार्वजनिक खर्च सबल बनाउन सहयोग पुग्ने विश्वास विश्व बैंकले लिएको छ ।

त्यसैगरी तत्कालका लागि स्वास्थ्य सहायता सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकरण र नीजि क्षेत्रको लागि डिजिटाइजेशन लगायतका क्षेत्रमा समेत सहयोग पुग्ने विश्व बैंक दर्वा जारी विज्ञाप्तिमा उल्लेख गरिएङ्को छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु