Information is intelligence
HomeNewsआज पनि विभिन्न स्थानमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

आज पनि विभिन्न स्थानमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

- Advertisement -spot_img

केही दिनयता मुलुकभर बाढी, पहिरोले विपत्ति निम्त्याइरहेको छ।

आज पनि विभिन्न नदी, खोलामा जोखिमपूर्ण बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाले शुक्रबार बिहान ७ बजे जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरे क्षेत्रका साना नदीमा बहाव बढ्दो हुने सम्भावना छ।

यस क्रममा ‘केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन’ महाशाखाले अनुरोध गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु