Information is intelligence
HomeNewsइन्द्रावतीकाे बाढीले थप क्षति

इन्द्रावतीकाे बाढीले थप क्षति

- Advertisement -spot_img

सिन्धुपाल्चाेकमा इन्द्रावती नदीमा आएकाे बाढीले थप क्षति गरेकाे छ।

इन्द्रावती किनाराकाे सयाैँ राेपनी उर्वर भूमि बगाएकाे स्थानीय बासिन्दाले बताएका छन्।

काफ्लेखोला, रामपुर, सिम्ले, फलामे, पाल्चोक बेसी र बगुवा बेसीका फाँट बिहीबार रातिकाे‍ बाढीले बगाएकाे स्थानीयकाे भनाइ छ।

अहिलेसम्म अनुमानित दश हजार मुरी धान फल्ने फाँट बगाएको उनीहरुले जानकारी दिएका छन्।

अविरल वर्षासँगै आएकाे बाढीले सिन्धुलाल्चाेकमा धनजनकाे ठूलाे क्षति भएकाे छ।

बिस्थापित बासिन्दाहरु राहत र उद्धारकाे पर्खाइमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु