Information is intelligence
HomeNewsमनाङमा पहिरोले अत्यधिक क्षति

मनाङमा पहिरोले अत्यधिक क्षति

- Advertisement -spot_img

अत्यधिक वर्षापछि आएको पहिरोले मनाङ जिल्लामा ठूलो क्षति पुगेको छ ।

हालसम्म कुनै मानवीय क्षतिको समाचार नभएपनि भौतिक रुपमा ठूलो क्षति भएको छ। ठूलो संख्यामा मानिसहरु विस्तापित हुन पुगेका छन्। अहिले नेपाली सेनाको हेलिकप्टरतथा अल्टिच्युड ईयरको हेलिकप्टरले पहिरो पिडित मानिसहरुको उध्दार गरिरहेको छ। संघीय संसदका पूर्व सांसद पाल्देन छोपाङ गुरुङको सकृयतामा फु गाउँपालिकाबाट बिस्तापित भएका १८ जनाको हेलिकप्टरबाट उध्दार गरी सुरक्षित स्थानमा बसोबासको ब्यबस्था गरिदैंछ। पूर्व संघीय सांसद गुरुङले साथ लिएर आएको पालहरु टाँगने काममा नेपाली सेनाका जवानहरु र नेपाल प्रहरीहरु सक्रिय भैरहेका छन्।

मनाङमा मौसम प्रतिकूल भएकोले उध्दार कार्य संचालन गर्न कठिनाई भैरहेको छ।मनाङ जानका लागि लमजुङबाट जाने बाटो अबरुध्द भएकोले खाध्यान्न लगायत अत्यावश्यक बस्तुको समस्या पर्ने देखिएको छ। मनाङमा हाल ३ वटा गाँउपालिकामा क्षति पुगेको छ। चामे गाँउपालिकाका साथै नासौं र नार्पा भूमिमा अत्यधिक क्षति भएको जानकारी प्राप्त भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु