Information is intelligence
HomeHealthडेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग

डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग

- Advertisement -spot_img

युरोपेली युनियन अन्तर्गतका मुलुक आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले उक्त सामग्री स्वास्थ तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।

आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०, थर्मोमिटर १००, अक्सिन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,००० सहयोग प्राप्‍त भएको छ ।

त्यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्‍त भएको छ ।

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड नियन्त्रका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि सहयोग गर्ने बताए । गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उनको भनाइ छ ।

इयूकी राजदूत डेप्रेजले कोभिडविरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेकी बताइन् । युरोपेली मुलुक नेपालको साथमा सधै रहने उनको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु