Information is intelligence
HomeNewsअवैध काठ ओसारपसार गर्ने क्रममा चारजना पक्राउ

अवैध काठ ओसारपसार गर्ने क्रममा चारजना पक्राउ

- Advertisement -spot_img

दाङ-लकडाउनकाे समयमा अवैध सालकाे काठ ओसार पसारमा संलग्न व्यक्तिलाई दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ।

गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट अवैध ४५.४९ क्यूफिट साल काठसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे।

पक्राउ पर्नेमा गाडी चालक रोल्पा रुण्टिगढी गाउँपालिका-२ निवासी २१ वर्षका महेश पुन, साेही ठाउँका २८ वर्षीय बसन्त क्षेत्री, २२ वर्षीय बिनोद पुन र २८ वर्षीय सुशिल घर्तिमगर रहेका प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राजकुमार भट्टकाे नेतृत्वमा खटिएको १० जनाकाे विशेष टाेलीले काेइलावासबाट गढवा आउँदै गरेकाे भे १ च १८२१ नम्बरको बाेलेराे पिकअप भ्यानबाट २६ थान सालकाे काठसहित चार जनालाई नियन्त्रणमा लिएको हाे।

पक्राउ परेका चार जनलाई प्रहरीले थप अनुसन्धानकाे लागि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु