Information is intelligence
HomeEntertainment & Artsसत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

- Advertisement -spot_img

डा सत्यमोहन जोशी ९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले ९ दिनपछि आज डिस्चार्ज गरिएको हो ।

जोशीको स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गढबडी साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते महालक्ष्मीस्थानस्थित किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

पीसीआर रिर्पोट नेगेटिभ आएपनि निमोनिया संक्रमण भएको थियो । क्षयरोग सम्बन्धी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । हाल उनको रक्तचापमा देखिएको गढबडी नियन्त्रणमा आइसकेको अस्पतालले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु