Information is intelligence
HomeOpinionझाेले पत्रकार भर्सेस असामाजिक अभियन्ता

झाेले पत्रकार भर्सेस असामाजिक अभियन्ता

- Advertisement -spot_img

नेपालमा हाल सामाजिक सञ्जालमा दुई वाक्य निकै प्रचलित छन् । एउटा झाेले पत्रकार , अर्काे सामाजिक अभियन्ता । यिनीहरू दुई वाक्य एकै सिक्काका दुई पाटा बनेका छन् नेपालमा । युट्युबदेखि फेसबुक र ट्वीटरमासमेत एकअर्काकाविरूद्ध खनिन्छन् यिनीहरू । सँगै पनि हुन नसक्ने तर छुट्टिएर पनि बस्न नसक्ने यी दुइ वाक्य पढ्दा , सुन्दा अनि दुइ वाक्यलाइ बाेकेर हिँड्नेहरूलाइ हेर्दा हेर्दा नेपालीहरू आजित बनिसकेका छन् ।

केही दिन अघिमात्र सुर्खेतमा स्वघाेषित सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र स्थानीय युवाहरूबीच झडप भयाे । जसमा ज्ञानेन्द्र शाहीसहित केही घाइते भए । त्यसपछि उनले लगातार आफ्नाे फेसबुकमार्फत उक्त घटनासँग सम्बन्ध राख्ने कुराहरू पाेष्ट गरिरहे । लगातार आफू सही र प्रहरी प्रशासन गलत भएकाे कुरा पाेष्ट्याइरहे । उनले दिने प्रत्येक अभिव्यक्तिहरूमा दाेहाेरिइरहेकाे एउटा वाक्य थियाे झाेले पत्रकार ।

पार्टिका झाेले पत्रकारहरूले गलत प्रचार गरेकाे भन्दै उनी बारम्बार फेसबुकमा पाेष्ट गरिरहन्छन् । उक्त घटनामा मात्र हैन ज्ञानेन्द्र शाहीले आफ्ना प्रत्येक अभिव्यक्तिमा भन्न छुटाउँदैनन् मलाइ पार्टीका झाेले पत्रकारहरूले समाजसेवा गर्न दिँदैनन् भनेर ।

त्यस्तै आफूलाइ सामाजिक अभियन्ता मान्ने टीका संग्राैला उर्फ ज्वाला संग्राैला पनि पार्टिका झाेले पत्रकारले आफूलाइ दुःख दिएकाे भन्दै सामाजिक सञ्जाल फेसबुकमा राेइलाे गर्दैछिन् । केहीदिन उनीलाइ ट्राफिक प्रहरी मणिकान्त झाले उनी सवार सवारीकाे कागजात नपुगगेकाे भन्दै कारबाही गर्दा उनले प्रहरीलाइ सरूवा गराइदिने भन्दै दिएकाे अभिव्यक्ति र झा हाे भने तराइमा गएर खेती किसानी गरेर बस्न दिएकाे अभिव्यक्ति सार्वजनिक भएसँगै फेसबुकमा उनी पत्रकारहरूमाथि धावा बाेल्ने गरेकी छिन् । त्यसपछिपनि बारम्बार प्रष्टिकरण दिन उनी फेसबुकमा धाइरहन्छिन् ,अहिलेपनि।

ब्ल्याकमेलिङ समाजसेवा
नेपालमा भएका सामाजिक अभियन्ताहरूकाे आयस्राेत भनेकाे विदेशमा रहेका नेपालीहरूले पठाउने पैसा हाे । अभियन्तामध्ये ज्वालाले आफू विदेश रहँदा व्यक्तिगत सहयाेग गरेपनि अरू सबै अभियन्ताहरूले सुक्काे आफ्नाे पैसा सहयाेग गर्ने गरेका छैनन् । विदेशमा त्याेपनि बढीजसाे खाडी मुलुकमा रहेका नेपालीहरूबाट नेपालमा रहेका दुःखी गरीबहरूकाे भिडियाे र फाेटाे देखाइ इमाेसनल ब्ल्याकमेलिङमार्फत हालसम्म पैसा निकालिरहेका छन् । धेरैजस्ताे युट्युबे अभियन्ताहरूकाे कमाइधन्दा नै यही छ । कुनै संस्था या कुनै सरकारी निकायभन्दा बाहिर रहेर आफूखुशी राहत बाँड्ने , आर्थिक सहयाेग गर्ने यस्ता अभियन्ताहरूले कुनै अभियानकाे हिसाबकिताब सार्वजनिक गर्ने गरेका छैनन् ।

हिसाबकिताब माग गर्ने हाे भने अहिले पनि आफूलाइ ३ कराेड नेपालीहरूकाे साथ रहेकाे भन्दै अर्काे इमाेसनल कार्ड फ्याँक्छन् यिनीहरू । आफू महँगाे गाडीमा चढ्ने तर कमाइकाे स्राेत नभएका सामाजिक अभियन्ताहरू सिमित व्यक्ति र युट्युबे बाेकेर राहत बाँड्न हिँड्छन् । यिनीहरू आफ्नाे जमातभन्दा अरू पत्रकारहरू सबैलाइ झाेले पत्रकार भन्न हिचकिचाउँदैनन् । उदाहरणका लागि नेपाल प्रेसका सम्पादक मात्रिका पाैडेललाइ स्वघाेषित सामाजिक अभियन्ता ज्वाला संग्राैलाले यी एमालेका झाेले हुन् हाम्राविरूद्ध समाचार लेख्ने भन्दै फेसबुक कमेन्ट बक्समा पाेष्ट गर्न भ्याइन् । त्यस्तै अर्का स्वघाेषित अभियन्ता ज्ञानेन्द्र शाहीले जनता टाइम्सका पत्रकारहरूलाइ धम्क्याएकाे भन्दै पत्रकार महासंघले आपत्ति जनाइसकेकाे छ ।

इमाेसनल समाजसेवाका किसिम
नेपालमा केही वर्ष अघिदेखि विभिन्न समस्या देखाएर पैसा उठाउने समूहहरू हावी भएका छन् । केही वर्षअघिसम्म काठमाडाैँका सडकहरूमा हातमा थाल कचाैरा बाेकर भिख माग्नेहरूकाे लाइन देखिन्थ्याे । तर , आजकल ब्यानर बाेकेर , पर्चा बाेकेर माग्नेहरूकाे लाइन देखिन्छ । आफूलाइ सामाजिक अभियन्ता भन्नेहरू सामाजिक सञ्जालकाे प्राेफाइलमा नै बैंक डिटेल्स दिएर पासा थापिरहेकाे देख्न पाइन्छ ।

युट्युब लगायत सामाजिक सञ्जालमा केही संख्यामा फलाेवर बढेसँगै उनीहरू स्वतः सामाजिक अभियन्ताकाे पाेष्टमा बढुवा भइहाल्छन् । अनि राज्य र केही व्यक्तिलाइ गाली गरेपछि जनताकाे साथ पाइहाल्छन् । त्यसपछि उनीहरूलाइ देशमा नै नभएका ३ कराेड जनताले साथ दिइहाल्छन् ।

पछिल्लाे समय बाढीपीडित , पहिराेपीडित, लकडाउनमा समस्या भएका त्यस्तै मृगाैलापीडित लगायतकाे नाममा राहत संकलन गरिरहेका छन् । अझि युट्युब पत्रकारिता गर्नेहरू त पतिपीडित, सासुससुरापीडित लगायतकाे नाममा पनि विदेशमा रहेका नेपालीहरूसँग रकम संकलन गरिरहेका छन् ।

इमाेसनल समाजसेवा गर्ने अर्काे समूह हाे धुर्मुस सुन्तली फाउण्डेसन । सरकारले केही गर्न सक्दैन भन्दै विभिन्न अभियान सञ्चालन गरेर सुरू गर्दै गरेकाे गाैतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला यतिबेला विवादमा रहेकाे छ । विश्वविद्यालयकाे जग्गा अतिक्रमण गरेकाे भन्दै रंगशाला विवादमा परेकाे हाे ।

माैन राज्यसंयन्त्र
अघिल्लाे साल लकडाउनमा अनियन्त्रित राहत वितरण राेक्न भन्दै नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय अथवा सम्बन्धित स्थानीय निकायकाे मातहतमा मात्र राहत वितरण गर्न गराउन भन्दै आदेश जारी गर्याे । त्यतिबेला सुरूवातमा केही विराेध भएपनि पछि यसकाे कार्यान्वयनले राहत वितरण केही नियन्त्रित भएकाे थियाे । यसपाली विभिन्न जिल्लाहरूमा जारी निषेधाज्ञामा पुनः राहत वितरण कार्य सुरू भयाे । जिल्ला जिल्लामा लागेकाे निषेघाज्ञाकाे अवज्ञा गर्दै राहत वितरण गर्ने नाममा पूर्व देखि पश्चिमसम्म स्वघाेषित अभियन्ताहरूकाे लाम लाग्याे । सरकारले गर्न नसकेकाे काम गरेकाे भन्दै सामाजिक सञ्जालमा प्रचार प्रसार भयाे । नालायक सरकारले केही नगर्ने भन्दै आफू नै सर्वेसर्वा भन्दै अभियन्ताहरू अघि बढे । यसपाली पनि अनियन्त्रित राहत वितरण भइरहँदा नेपाल सरकार भने माैन रहेकाे छ । केही स्थानमा राहत वितरणकाे क्रममा झडप हुँदा पनि राज्यले यसकाे नियन्त्रणमा कुनै कदम चाल्न सकेकाे छैन । संयन्त्र नै माैन भइदिँदा इमाेसनल कार्ड फालेर खान पल्केकाहरूलाइ सजिलाे भइरहेकाे छ ।

छायाँमा सक्कली अभियन्ता
काेराेना महामारी सुरू हुनुभन्दा अघि काठमाडाैँ उपत्यकालगायत केही ठाउँमा कपडा बैंकले राम्राे चर्चा पायाे । त्यस्तै हाम्राे टीम नेपालले सुरू गरेकाे ६५ रूपैयाँ प्रतिछाककाे खानाले पनि राम्राे चर्चा पायाे । अर्का अभियन्ता केपी खनाल राष्ट्रिय अन्तराष्ट्रिय रूपमा नै चर्चामा रहे । सरकार र समाजकाे विरूद्ध नकारात्मक टिप्पणी नगरिकनै गरिने यस्ता अभियानहरूका बारेमा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरूमा पनि राम्राे चर्चा पढ्न सुन्न अनि हेर्न पाइन्छ । तर, पछिल्लाे समय परिवारभित्रै पसि फैसला गर्ने , समाजमा सामाजिक द्वेष फैल्याउने , राजनीति फाेहाेरी खेल हाे भन्दै आँफै नाइके बन्दै जानेजस्ता असामाजिक कार्य गरिरहेका असामाजिक अभियन्ताहरूकाे कारण सक्कली अभियन्ताहरूकाेसमेत इज्जत धमिलिन थालेकाे छ । निस्वार्थ समाजसेवा गरिरहेकाहरू यस्ता असामाजिक व्यक्तिदेखि तर्सिन थालेका छन् ।

अन्त्यमा ,
नागरिक समाजकाे सक्रिय सहभागिता , स्वच्छ र निष्पक्ष न्यायपालिका अनि क्रियाशील कार्यपालिका हुनु हाे भने यस्ता असामाजिक तत्वहरू माैलाउन पाउने थिएनन् । राजनीतिक अस्थिरताले जर्जर बनाएकाे नेपालमा स्थायी राजनीतिका लागि लाग्नेहरूलाइ जनताले घच्घच्याइरहनुकाे विकल्प छैन । कानुनी शासनकाे पूर्ण पालना गर्दै असामाजिक व्यक्तिहरूलाइ सामाजिक बनाउन सबै निकायहरूले समान पहल गर्नुपर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु