Information is intelligence
HomeSportsयुरोकप: समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिए

युरोकप: समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिए

- Advertisement -spot_img

जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिएका छन् । क्रोएसिया र चेक रिपब्लिक तथा इंग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका हुन् ।

क्रोएसिया र चेक रिपब्लिकले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको ३७औं मिनेटमा पेनाल्टीमार्फत प्याट्रिक स्किकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती दुई मिनेटमै इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल निस्कन सकेन र खेल १-१ कै बराबरीमा सकियो ।

त्यसैगरी अर्को खेलमा इंग्ल्यान्ड र स्कटल्यान्डले भने गोलरहित बराबरी खेलेका छन् । बल पोसेसनमा पकड जमाएपनि गोल गर्ने केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अंक बाँड्न बाध्य भयो ।

बराबरीपछि २ खेलबाट समान ४-४ अंक भएको चेक रिपब्लिक र इंग्ल्यान्ड गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यसैगरी क्रोएसिया र स्कटल्यान्ड १-१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु