Information is intelligence
HomeNewsखाल्डोमा डुबेर एक बालकको मृत्यु

खाल्डोमा डुबेर एक बालकको मृत्यु

- Advertisement -spot_img

भक्तपुरमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्वर ९ बस्ने १० वर्षीय बालकको मृत्यु भएको हो। शुक्रवार बिहान ११ बजेदेखि हराएका बालक खोजी गर्दै जाँदा घर नजिकैको बि एम इट्टा भट्टाको कम्पाउण्डमा खनिएको खाल्डोमा मृत अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

शवलाई पोष्टमार्टमको लागि भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पताल लगिएको छ। त्यस्तै घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु