Information is intelligence
HomeNewsतीन जिल्लाका सीडीओहरुको बैठक : निषेधाज्ञा थप्ने बारेमा

तीन जिल्लाका सीडीओहरुको बैठक : निषेधाज्ञा थप्ने बारेमा

- Advertisement -spot_img

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि यसको जोखिक अझै रहेको भन्दै केही खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरिएको सरकारले गरेको हो ।

निषेधाज्ञालाई केही खुकुलो पारी थप एक सातादेखि दस दिन सम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्ने बिषयमा आइतबार तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

Kumari Bank 300×290 newGlobal IME Bank Meri unilaiNepal Life Insurance
जारी निषेधाज्ञाको समय सोमबार सकिँदैछ । आज छलफलमा निषेधाज्ञा थप गर्ने र कुन कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने बताएको छ । अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुलेका छन् भने निर्माण सामग्री पसलहरु दिउँसो ४ बजेपछि खुलेका छन् ।

मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी गरेको बताइएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ‘सीसीएमसी’ को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।

सीसीएमसीमा छलफल भएपछि अब स्मार्ट लकडाउन हुने भनेर भनिए पनि यो विषयबारे सरकारी निकायहरु नै बेखबर छन् । तर अबको निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो हुने बुझिएको छ ।

तेसो त अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय