Information is intelligence
HomeBreaking Newsबाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु

बाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु

- Advertisement -spot_img

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भण्डारी बाजुराकै हिमाली गाउँपालिका वडा न ४ का रहेका बुझिन आएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु