Information is intelligence
HomeNewsजगदम्बा स्टिलमा आगलागी : २ भारतीय मजदुरको मृत्यु

जगदम्बा स्टिलमा आगलागी : २ भारतीय मजदुरको मृत्यु

- Advertisement -spot_img

बाराको सिमरा स्थित जगदम्बा स्टिल प्रा.लीमा शनिबार बेलुकी आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ भने चार मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्की माथि वेल्डिङ्ग गर्ने क्रममा बेलुकी साँढे सात बजे आगलागी भएको हो ।

आगलागीमा परी दुई मजदुरको घटना स्थल मैं मृत्यू भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए । दुई वटा वरूणयन्त्रको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा भारतको बिहार स्थित पश्चिम चम्पारण घर भएका ४० वर्षीय प्रदिप गौण र बिहार कै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।

घाइते हुनेहरूमा राजकुमार विक , इन्द्रप्रसाद अधिकारी , नवराज चौलागाईं र अवधेस कुश्वाहा रहेका छन् । उनीहरुको सिमरा स्थित तराई सिमरा अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका विकलाई वीरगंजको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

यस उद्योगमा यस्ता खालका घटनाहरू पटक पटक हुँदै आएका छन् । केही समय अगाडी पनि कवाड गलाउने भट्टी विस्फोट हुँदा एक मजदुरको मृत्यु भएको थियो भने दुई घाईते भएका थिए ।

उद्योगको लापरवाहीका कारण मजदुरहरूको मृत्यु हुने गरकोले स्थानीयहरुमा त्रास बढ्ने गरेको छ । सिमरामा कवाड गलाउने भट्टी बन्द गराउन स्थानीयले पटक पटक दवाब दिए पनि उद्योगले अटेरी गर्दै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु