Information is intelligence
HomeBreaking Newsकञ्चनपुरमा टिपरको ठक्करबाट मृत्यु

कञ्चनपुरमा टिपरको ठक्करबाट मृत्यु

- Advertisement -spot_img

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारस्थित ऐला आयुर्वेदाका सञ्चालक अन्दाजी ४२ वर्षीय रामबहादुर साउदको सडक दुर्घटनामा शनिबार साँझ मृत्यु भएको छ।

कैलालीको धनगढीबाट घर फर्कने क्रममा साउदले चढेको से१क ६८२ नम्बरको मोटरसाइकललाई म१ब ९६६८ नम्बरको टिपरले बोराडाँडीनजिक ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए।

तत्कालै उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु