Information is intelligence
HomeBreaking Newsउपत्यकाभित्र लागू गरेको निषेधाज्ञा खुकुलो गर्ने, यस्ता छन् नयाँ योजना

उपत्यकाभित्र लागू गरेको निषेधाज्ञा खुकुलो गर्ने, यस्ता छन् नयाँ योजना

- Advertisement -spot_img

सरकारले काठमाडौं उपत्यकाभित्र लागू गरेको निषेधाज्ञा खुकुलो गर्ने भएको छ । निषेधाज्ञा अन्तको घोषणा नभइहाल्ने तर खुकुलो गर्दै लगिने योजना बनेको छ ।

आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलोको निर्णय लिन लागेको हो । बैठकले अहिलेसम्मको समिक्षा गरी सवारी सञ्चालनमा खुकुलो गर्न लागेको बुझिएको छ ।

अब निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने क्रममा सवारीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । निजी सवारी जोर बिजोरमा सञ्चालन गर्न दिने तयारी भएको छ ।

सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आउने छैन । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको छ ।

१६ वैशाखबाट जारी निषेधाज्ञा दुई महिना हुन लागेको छ । असारबाट भने केही खुकुलो पारिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु