Information is intelligence
HomeNewsधितोपत्र बोर्डका अध्यक्ष ढुंगानाविरुद्ध १ अर्ब ३८ करोड भ्रष्टाचारको अख्तियारमा उजुरी

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाविरुद्ध १ अर्ब ३८ करोड भ्रष्टाचारको अख्तियारमा उजुरी

- Advertisement -spot_img

काठमाडौं : नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाविरुद्ध भ्रष्टाचारको उजुरी परेको छ । ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको हो ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । सोही कारण उनकाविरूद्ध उजुरी परेको हो ।

अनसन्धान आयोगमा परेको उजरीमा उनले ५१ वटा नाम सार्वजनिक गर्दा सेयरका ठूला खेलाडीबाट ३५ करोड, बैंकका भगीनी संस्थाहरूलाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरमा प्रत्येक ब्रोकरबाट २ करोडका दरले १ अर्ब र केही समयअघि अजोड इन्स्योरेन्समा भित्री कारोबार भएको समयमा कम्पनीका अध्यक्षसँग ३ करोड घुस लिएको उल्लेख गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु