Information is intelligence
HomeSportsयुरोकपमा आज चार खेल

युरोकपमा आज चार खेल

- Advertisement -spot_img

युरोकपमा आज (सोमबार) चार खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ को समान दुई दुई खेल हुनेछन् ।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

समूह ‘बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बेल्जियम यस अघि नै  नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय