Information is intelligence
HomeNewsआज वर्षकै लामाे दिन र रात छाेटाे

आज वर्षकै लामाे दिन र रात छाेटाे

- Advertisement -spot_img

सन् २०२१ काे सबैभन्दा लामाे दिन आज हुनेछ। अर्थात घन्टाकाे हिसाबबाट सबैभन्दा बढी घन्टाकाे दिन आज र रात सबैभन्दा छाेटाे हुनेछ।

यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ। सोल्स्टिस ल्याटिन शब्द सोल्स्टिमबाट बनेकाे हाे। ल्याटिन शब्द सोलकाे अर्थ सूर्य हुन्छ र सेस्टेयरकाे अर्थ स्थिर रहनु।

अर्थात दुबै शब्दलाई मिलाएर सोल्स्टिसकाे अर्थ हुन्छ कि सूर्य जब आमदिनकाे भन्दा धेरै समयसम्म देखिन्छ। त्यसलाई समर सोल्स्टिस भनिन्छ।

पृथ्वी आफ्नाे कक्षमा सूर्यकाे फन्काे लगाउँछ। कक्षमा पृथ्वीकाे स्थिति अनुसार दिन र रात निर्धारण हुन्छ। सूर्य पृथ्वीकाे उत्तरी गोलार्द्धमा रहन्छ। जसकारण सूर्यकाे किरण कर्क रेखामा सिधी पर्दछ।

अर्थात २१ जुनमा सूर्यकाे फन्काे लगाउने बखत पृथ्वी यस्ताे स्थितिमा हुन्छ जहाँ धेरै सयमसम्म सूर्यकाे प्रकाश पृथ्वीमा पर्छ।

पृथ्वी सूर्यकाे चारैतिर र भर्टिकल भएर फन्काे लगाउँदैन, बरु आफ्नाे अक्षांशमा साढे २३ डिग्री झुकेकाे हुन्छ। याे अवस्थामा सूर्यलाई फन्काे लगाउँछ। फन्काे लगाउँदा पृथ्वीकाे उत्तरी र दक्षिण गोलार्द्ध यसकाे नजिक आउँछ। जुन महिनामा उत्तरी गोलार्द्ध सूर्यकाे नजिक आउँछ।

हरेक वर्ष २० जुनदेखि २२ काे बीचमा यस्ताे दिन आउँछ जो समयावधिअनुसार सबैभन्दा लामाे दिन हुन्छ। उत्तरी गोलार्द्धमा प्रत्येक देशका लागि याे समय अलग-अलग हुन्छ। विश्वका कयाैं देशमा याे दिन १२ घन्टासम्म रहन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु