Information is intelligence
HomeNewsनिर्माण व्यवसायीको लापरवाहीको कारण सडक विस्तारमा ढिलाई

निर्माण व्यवसायीको लापरवाहीको कारण सडक विस्तारमा ढिलाई

- Advertisement -spot_img

दाङ : निर्माण व्यवसायीको लापरवाहीका कारण दाङको मुख्य घोराही–तुलसीपुर फोरलेन सडक विस्तारको काम ढिलाई भएको छ ।

जिल्लाको गौरवको सडकका रुपमा स्तरोन्नती हुन थालेको दुई बर्ष पुरा भैसक्दा पनि सडकको हालसम्म जम्मा ६ प्रतिशत मात्र काम भएको छ ।

समयमै फोरलेन सडक विस्तारको काम नहुँदा बर्षादको समयमा जोखिम बढेको छ ।

तीन बर्षमा फोनलेन सडक विस्तारको काम सक्ने गरी सम्झौता भएपनि दुई बर्षसम्म सडकको काम न्यून प्रगति देखिएको छ । दुई बर्षको अबधिमा घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको सडक विस्तारको कामको प्रगति ६ दशमलव ६ प्रतिशत मात्रै देखिएको नेपाल सरकार फोरलेन सडक स्तरोननती परियोजनाको कार्यालय लमहीले जनाएको छ ।
काम सुरु गरेको दुई बर्ष पुरा भैसक्दा सडकको प्रगति करिव ३० प्रतिशत हुनुपर्ने भएपनि हालसम्म ६ प्रतिशत मात्रै काम भएको फोरलेन सडक स्तरोनन्ती परियोजना कार्यालय लमहीका इन्जिनियर पारश हमालले जानकारी दिएका छन् । ‘सडकको काम सुरुभएदेखि हालसम्म यो अवधिमा कम्तिमा ३० प्रतिशत सडकको प्रगति हुनुपर्ने थियो’–इन्जिनियर हमालले भने–‘तर अहिलेसम्म हेदा प्रगति सन्तोषजनक छैन, जम्मा ६ दशमलव ६ प्रतिशत मात्र देखिन्छ ।’ उनले सडक विस्तारमा निर्माण कम्पनीले लापरवाही गरेको बताए । तर पछिल्लो समय कोरोना भाइरसका कारण निर्माणमा समस्या भएको निर्माण कम्पनीले बताउँदै आएको उनले बताए ।
सुरुका बर्षमा विद्युत पोल सार्न ढिलाई भएको बाहना बनाएको कम्पनीले अर्को बर्षदेखि लकडाउनलाई वाहना बनाउँन थालेको छ । हालसम्म निर्माण कम्पनीले परियोजनाबाट १० करोड मोविलाईजेशन खर्च स्वरुप रकम लिएपनि कार्यप्रगति सन्तोषजनक नभएकाले कारवार्ही गर्ने तयारी गरेको समेत कार्यालयले जनाएको छ ।

भारत सरकारको सहयोगमा सम्पन्न हुने सो सडक स्तरोन्नतिको जिम्मा भारतको मुम्वै स्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्टर प्रालीले पाएको छ । तर उस्ले नेपालकै पेटी ठेकेदारलाई काम सुम्पिएको छ । कम्पनीले परियोजनामा पत्र पठाएर विद्युतका पोल सार्न ढिलाई भएको जनाएपछि पहिलो पटक ६ महिनाको म्याद थपिएको थियो ।

त्यसपछि कोरोना भाइरसका कारण भएको लकडाउनको वाहनामा फेरि ३ महिना म्याद थप भएको छ । तर, निर्माण कम्पनीले भने विगत एक बर्षदेखि साइटमा काम नै गरेको छैन । काम ठप्प पारेको छ । आधिकारिक रुपमा तथ्य इञ्जिनियरिङ देखिएपनि तुलसीपुरका प्रतिनिधि जनक डाँगी र अनुप पाण्डेले सडक विस्तारको काम गराउँदै आएका छन् ।
तर अघिल्लो बर्ष नै डाँगी तथ्य इन्जिनियरिङको प्रतिनिधिबाट वाहिरी सकेका छन् । त्यसपछि अनुप पाण्डेमार्फत काम भइरहेको परियोजनाका प्रमुख इञ्जिनियर हमालले जानकारी दिए । अनुप तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन । माधब नेपाल(झलनाथ खनाल समुहमा रहेका घनश्याम अहिले केपि ओलि गुटमा लागेका छन । उनी मुख्यमन्त्री शंकर पोखरेल निकट छन् ।

घोराहीको कुईरेपानीदेखि कटुवाखोलासम्म, डिके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म, दुधरासदेखि हात्तिखौवासम्म फोरलेन सडक स्तरोन्नतिका लागि १ करोड २१ लाख ८२ हजार भारीय रुपैयामा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ । जसको नेपाली करिव १ अर्व ३६ करोड जति नेपाली रुपैयाँ हुन आउँछ । सम्झौता भएको ३० महिनामा काम सक्ने सुरुको सम्झौता भएको थियो । सडक विस्तारको काम २०७५ साल पुस १३ गतेदेखि सुरु भएको थियो ।

तथ्य इन्जिनियरिङ कम्पनीलाई पटक(पटक पत्राचार गरेपछि पछिल्लो समयमा उस्ले भारतको एक्जिम बैंकमा प्रतिवद्धता सहितको पत्र पठाएर लकडाउन सकिएलगत्तै तदारुकताका साथ काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकाले ठेक्का रद्दको काम रोकिएको जानकारहरु बताउँछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु