Information is intelligence
HomeNewsवनलसुन खोज्न गएका १ जना भीरबाट लडेर बेपत्ता

वनलसुन खोज्न गएका १ जना भीरबाट लडेर बेपत्ता

- Advertisement -spot_img

गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक र लमजुङ सीमा क्षेत्रअन्तर्गत बौद्ध हिमालमा जडीबुटी(वनलसुन) खोज्न गएका एक जना भीरबाट लडेर बेपत्ता भएका छन् ।

चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षीय सुरेन्द्र गुरुङ आइतबार भीरबाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

गुरुङसँगै जडिबुटी खोज्न गएका चार जनाको भने सोमबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–४ का सुवास गुरुङ, चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका धनप्रसाद गुरुङ, सोही ठाउँका तुलबहादुर गुरुङ र कान्छा गुरुङको उद्धार गरिएको हो । उद्धार गरिएकाहरु हाल धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

‘सुरेन्द्र गुरुङ जडिबुटी खोज्दै गर्दा भीरबाट लडेर बेपत्ता भएको उहाँका साथीहरुले बताउनु भएको छ,’ डीएसपी दाहालले भने । बेपत्ता सुरेन्द्र गुरुङको खोजी कार्य भइरहेको पनि प्रहरीले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु