Information is intelligence
HomeNewsआकस्मिक रुपमा माओवादीको बैठक : नेताहरुमाथि कारबाहीको निर्णय

आकस्मिक रुपमा माओवादीको बैठक : नेताहरुमाथि कारबाहीको निर्णय

- Advertisement -spot_img

काठमाडौं : नेकपा माओवादी केन्द्रको सोमबार आकस्मिक रुपमा बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ ।

आकस्मिक रुपमा सोमबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पार्टी छाडेका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताहरुमाथि कारबाहीको निर्णय गरेको छ ।

भर्चुअल माध्यमबाट बसेको उक्त बैठकले माओवादी केन्द्रबाट चुनाव जितेका र हाल अरु पार्टीमा प्रवेश गरेकाहरुमाथि कारबाहीको निर्णय गरेको हो ।

स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई पार्टी छोडेको भन्दै माओवादी केन्द्रले केन्द्रीय समितिबाट कारबाहीको निर्णय गरेको हो ।

केन्द्रीय समितिबाट कारबाही हुनुपर्ने प्रावधानका कारण यस अघि गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सोमबार आकस्मिक रुपमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि गत लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेकाहरुको दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

साथै सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषष्मा ब्रिफिङ गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु