Information is intelligence
HomeNewsबाग्लुङमा ट्र्याक्टर दुर्घटना : सहचालकको ज्यान गयाे

बाग्लुङमा ट्र्याक्टर दुर्घटना : सहचालकको ज्यान गयाे

- Advertisement -spot_img

बाग्लुङ : बाग्लुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएकाे छ । बाग्लुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बाग्लुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा ज्यान गएकाे हाे ।

आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरी अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु