Information is intelligence
HomeSportsअर्जेन्टिना कोपा अमेरिकाको क्‍वार्टरफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको क्‍वार्टरफाइनलमा

- Advertisement -spot_img

काठमाडौँ : अर्जेन्टिना कोपा अमेरिकाको  क्‍वार्टरफाइनल प्रवेश गरेको छ । मंगलबार पराग्वे लाइ १-० ले पराजित गरेपछि अर्जेन्टिनाले समूह विजेताका रुपमा आन्तिम आठमा आफ्नो स्थान पक्का गर्‍यो । 

अर्जेन्टिनालाई विजयी बनाउन अलेहान्द्रो गोमेजले खेलको एक मात्र गोल गरे । जितसँगै अर्जेन्टिनाले तीन खेलबाट सात अंक बनायो ।

समूहको दोस्रो स्थानमा चिली छ । मंगलबार नै उरुग्वेसँग १-१ को बराबरी खेलेको चिलीको पाँच अंक छ ।

उरुग्वेविरुद्ध चिलीले पहिलो हाफमै अग्रता लिएको थियो । चिलीका लागि एदुवार्दो भारगसले २६ औँ मिनेटमा गोल गरेको थिए । तर दोस्रो हाफमा आर्तुरो भिडालले आत्माघाती गोल गरेपछि उरुग्वेले अंक खोसेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु