Information is intelligence
HomePoliticsओलीको तानाशाही शैली अब देशले धान्न सक्दैन, छिट्टै निकास पाउँछ : प्रचण्ड

ओलीको तानाशाही शैली अब देशले धान्न सक्दैन, छिट्टै निकास पाउँछ : प्रचण्ड

- Advertisement -spot_img

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कुनै पनि हालतमा दुर्घट्नामा जान नदिनने जिकिर गरेका छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सो अवसरमा बोल्दै उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए ।

देशको समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफुहरु क्रियाशिल रहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने बताए ।

आफुले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्तावसहित एमालेसँग पार्टी एकता गरेको बताउदैं अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाइ चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु