Information is intelligence
HomeScience & Technologyम्यासेजिङ फिचर थप गर्दै क्लबहाउस

म्यासेजिङ फिचर थप गर्दै क्लबहाउस

- Advertisement -spot_img

क्लबहाउसले आफ्ना केही प्रयोगकर्तालाई नयाँ फिचर दिएर अच्चमित बनाएको छ । तर, त्यो लामो समयलाई भने थिएन । केही समयका लागि उपलब्ध भएको साे फिचरबाट आगामी दिनमा क्लबहाउसले ‘डाइरेक्ट म्यासेज’ फिचर ल्याउने तयारी गरेको अनुमान गरिएको छ ।

प्रयोगकर्तालाई विभिन्न माध्यममार्फत जोड्ने प्रयासको रुपमा कम्पनीले अब एपमा डाइरेक्ट म्यासेज थप गर्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमले लेखेका छन् । याे फिचरमार्फत् प्रयोगकर्ताले क्लबहाउसमा जोडिएका साथिभाइसँग म्यासेजमार्फत पनि कुराकानी गर्न सक्नेछन् ।

यो विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन । जो प्रयोगतर्कामाझ केही समयको लागि उक्त फिचर उपलब्ध भएको थियो, उनीहरुले उक्त फिचरको स्क्रिन रेकर्ड शेयर गरेका छन् । उनीहरुले यो झुक्किएर उपलब्ध भएको अपडेट हुनसक्ने बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु