Information is intelligence
HomeNewsबालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

- Advertisement -spot_img

काठमाडौँको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।


सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।


गोर्खा भिमसेन थापा गाउँपालिका-८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए।

मृतकका भिनाजु सीताराम परियार घाइते छन्। उनको उपचार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु