Information is intelligence
HomeNewsअन्तर्राष्ट्रिय उडानको टिकट मुल्यमा तीन सय प्रतिशत वृद्धि

अन्तर्राष्ट्रिय उडानको टिकट मुल्यमा तीन सय प्रतिशत वृद्धि

- Advertisement -spot_img

काठमाडौं : सरकारले केही पूर्व शर्त राखेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले आन्तरिकतर्फ ५० प्रतिशत नबढ्ने गरी र अन्तर्राष्ट्रिय उडानमा तालिका र मिति तोकेर उडान खुला गर्ने निर्णय गरेको हो ।

नयाँ निर्णय अनुसार नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक कतारमा काठमाडौंदेखि कतारको दोहा रुटमा सातामा ४ उडान हुने छन् । त्यसमा नेपाली वायुसेवाले दुई र कतार एयरवेजले दुई उडान भर्ने नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।

काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । यसअघि हप्तामा एउटामात्र उडान रहको काठमाडौं–इस्तानबुलमा हप्ताको २, काठमाडौं दमाम रुटमा हप्ताको दुई, काठमाडौं–कुवेतमा हप्ताको दुई, काठमाडौं–मस्कटमा हप्ताको एक र मलेसियामा हप्ताको चार उडान हुने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान हुने भएको छ ।

उडान सुचारु भएपनि महँगो जहाज टिकटका कारण स्वदेश फर्किने तथा रोजगारीमा जाने कामदारलाई असहज रहेको बताइएको छ । सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मुल्यमा तीन सय प्रतिशतसम्म वृद्धि गरेका छन् ।

नेपालबाट कतार जाने कामदारले सामान्य अवस्थामा टिकटका लागि २० हजार तथा बढीमा २५ हजार रुपैयाँ खर्च गर्ने गरेकोमा हाल एकतर्फी टिकटको मुल्य ७५ हजार रुपैयाँसम्म पुर्‍याइएको छ ।

उता काठमाडौं–साउदी उडानमा पनि त्यस्तै टिकट महँगो हुँदा स्वदेश फर्किने तथा रोजगारीमा जाने नेपाली कामदार पीडित भएका छन् । नियमित उडान नहुँदा विदामा स्वदेश फर्किनु पर्ने कामदार मात्र होइन कार्यस्थलमा मृत्यु भएका कामदारको शवसमेत नेपाल आउन सकेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु