Information is intelligence
HomeNewsबाग्मती प्रदेशद्धारा विपद व्यवस्थापन गर्न ५ करोड विनियाेजन

बाग्मती प्रदेशद्धारा विपद व्यवस्थापन गर्न ५ करोड विनियाेजन

- Advertisement -spot_img

हेटौंडा : बाग्मती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सबै १३ जिल्लालाई गरी ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सिन्धुपाल्चोकमा बाढीका कारण सिर्जित कटान, डुबान, आवागमन अवरोध तथा विभिन्न पूर्वाधारमा भएको क्षतिको लगत संकलन गरी तत्काल प्रकोप व्यवस्थापन र पूर्वाधार मर्मत गरी अवरुद्ध सेवा सुचारु गर्न प्रदेश विपद्‍ व्यवस्थापन कोषबाट जिल्ला विपद्‍ व्यवस्थापन समितिलाई १ करोड रुपैयाँ उपलब्ध गराइने भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०/५० लाख रुपैयाँ दिने पनि निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले बताए ।

उनका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र नुवाकोटका सिँचाइ कार्यालयलाई पनि २५/२५ लाख रुपैयाँ निकासा हुने भएको छ ।

विपद् प्रभावित क्षेत्रमा खानेपानी एवं सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई र क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत र निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढंगबाट उल्लेखित कार्यसम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र हेलम्बुमा बुधबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु