Information is intelligence
HomeNewsचोरी गरेकोे २ लाख ३० हजार र स्रोत नखुलेको ३९ लाख ८०...

चोरी गरेकोे २ लाख ३० हजार र स्रोत नखुलेको ३९ लाख ८० हजार सहित तीन जना पक्राउ

- Advertisement -spot_img

चोरी रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय ज्ञान बहादुर पौडेल र सोही ठाउँ बस्ने १९ वर्षीय बिकास बजगाई रहेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–१० रहेको काबेली समृद्धि बहुउदेस्यीय सहकारी संस्थाबाट चोरी गरेको नगद २ लाख ३० हजार ८ सय रुपैयाँ सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै महोत्तरीबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित सडकबाट धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१का ३८ वर्षीय संजय साहलाई मंगलबार दिउँसो स्रोत नखुलेको उक्त नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

साहले चलाउँदै ल्याएको टेष्ट लेखिएको स्कुटरलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको १ हजार र ५०० दरका गरी उक्त रुपैयाँ सहित फेला परेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु