Information is intelligence
HomeNewsप्रधानमन्त्रीका प्रेस सल्लाहकारको भनाइ: प्रचण्डको भाषण र सर्वोच्चको फैसला हुबहु भएको

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको भनाइ: प्रचण्डको भाषण र सर्वोच्चको फैसला हुबहु भएको

- Advertisement -spot_img

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् विस्तारलाई वैधता नदिएको सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएका छन् ।

उनले अब मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार सर्वोच्चकै हो र ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारण राख्दै उनले सर्वोच्च अदालत विपक्षी गठबन्धनको प्रभावमा परेको आरोपसमेत लगाएका छन् ।

उनले प्रचण्डले गरेको भाषण, माधव नेपाल र भीम रावलको वक्तव्य तथा बुधबार सर्वोच्चको फैसला हेर्दा हुबहु भएको भन्दै अन्याय भएको टिप्पणी गरेका छन् । उनले देउवालाई २०७४ को अधिकार दिएको तर ओलीलाई नदिएको भन्दै सर्वोच्चको फैसलाप्रति प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव-रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ? देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस ! मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु