Information is intelligence
HomeSportsयुरोकपमा आज चार खेल

युरोकपमा आज चार खेल

- Advertisement -spot_img

युरोकपमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।

युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् ।

युरोकपमा स्पेनले र स्लोभाकिया र स्विडेन र पोल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल राति ९:४५ बजे सुरु हुनेछ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

समूह ‘एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ भने जर्मनीले हंगेरीसँग खेल्नेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ ।

जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु