Information is intelligence
HomeNewsवडा सदस्यको भीरबाट लडेर मृत्यु

वडा सदस्यको भीरबाट लडेर मृत्यु

- Advertisement -spot_img

जाजरकोट : जाजरकोटमा एक जना वडा सदस्यको भीरबाट लडेर मृत्यु भएको छ । भेरी नगरपालिका- २ कि वडा सदस्य शसिला नेपालीको बुधबार मृत्यु भएको हो । वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन भेरी नगरपालिका -२ डिंगाबाट बाहुनथाना जाने क्रममा बाटोमा चिप्लिएर गम्भीर घाइते भएकी नेपालीको उपचारका लागि नेपालगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिर्फर गरिएको थियो । समयमा उपचार पाएको भए ज्यान जोगाउन सकिने वडाध्यक्ष कालीबहादुर वलीले बताए । उनको असामयिक मृत्युप्रति भेरी नगरपालिका र विभिन्न व्यक्तित्वहरुले श्रद्धञ्जली व्यक्त गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु